प्रदेश प्रमुख शर्माद्वारा प्रदेश स्वास्थ्य सेवा अध्यादेश जारी
बागमती प्रदेशका प्रमुख यादव चन्द्र शर्माले प्रदेश स्वास्थ्य सेवा अध्यादेश जारी गरेका छन् । बागमती प्रदेश सरकारको सिफारिसमा बुधबार प्रदेश प्रमुख शर्माले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका हुन् ।
प्रदेश मन्त्रिपरिषद्को २७ भदौ २०७९ मा बसेको बैठकले अध्यादेश सिफारिस गरेको थियो । प्रदेश प्रमुख शर्माले बुधबार नेपालको संविधानको धारा २०२ को उपधारा (१) बमोजिम जारी गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता प्रकाश चापागाईँले जानकारी दिए ।
अध्यादेशले प्रदेशभित्रको स्वास्थ्य तथा जनसंख्या सेवा सम्बन्धी कामकारवाहीलाई प्रभावकारी नियमन गर्न तथा नीतिगत निर्देशनका लागि स्वास्थ्यमन्त्रीको अध्यक्षतामा प्रदेश स्वास्थ्य तथा जनसंख्या समिति गठन हुने व्यवस्था गरेको छ ।
त्यस्तै, अध्यादेशले प्रदेश सरकार मातहतका अस्पताल र आयुर्वेद स्वास्थ्य केन्द्रका लागि छुट्टाछुट्टै स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समिति गठन हुने व्यवस्था गरेको छ । अध्यादेशले यसअघिको प्रदेश सरकारबाट जारी ‘‘प्रदेशभित्रका अस्पतालको संचालन र व्यवस्थापन आदेश, २०७५’’ खारेज गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फोन बारम्बार ह्याङ्ग हुन्छ ? अपनाउनुहोस् यो उपाय
-
सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी
-
साँगा–धुलिखेल सडक : पुरानै स्थानमा ढल निर्माणले समस्या निम्तिने
-
वर्तमान सत्ता गठबन्धन माघ कट्दैन : गगन थापा
-
एमाले प्रतिनिधि परिषद्को बैठक : यस्ता छन् ६ प्रतिवेदन (पूर्णपाठ)
-
राप्रपामाथि ओलीको व्यङ्ग्य : विचार नभएको दक्षिणपन्थी शक्ति वैकल्पिक शक्ति हुन सक्दैन