शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फिल्म ‘नम्बरी सुन’ निर्माण हुने

बुधबार, १२ असोज २०७९, १५ : २०
बुधबार, १२ असोज २०७९

फिल्म ‘नम्बरी सुन’ निर्माण हुने भएको छ । सुवर्ण शिभान्स फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्म राजु गिरीले निर्देशन गर्न लागेका हुन् ।

दसैंको अवसर पारेर फिल्मको ‘नम्बरी सुन’ बोलको शिर्ष गीत बुधबार रेकडिङ गरिएको छ । सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा नारायण खातीको शब्द छ । गीतमा स्वर शान्तिश्री परियारको दिएकी छन् ।
करिब ७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथालाई फिल्ममा देखाउन लागिएको हो । लमजुङको भुजङ खोला, हेटौंडा, काठमाडौँका विभिन्न ठाउँमा फिल्मको छायांकन हुने निर्देशक गिरीले बताए ।

नारायण खाती प्रस्तुतकर्ता रहेको फिल्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारलाई हेरेर निर्माण हुने बताइन्छ । फिल्मको कलाकार छानौटको क्रममा छन् ।  फिल्ममा नयाँ तथा पुराना कलाकार पनि रहनेछन् । 
दसैंपछि कलाकार र प्रविधिसहित फिल्मको मुहूर्त हुने प्रस्तुतकर्ता नारायण खातीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप