शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आमाबुवाले छोरा हुर्काउँदा यी कुरा सिकाउन नबिर्सनुहोस्

बुधबार, १२ असोज २०७९, १६ : १२
बुधबार, १२ असोज २०७९

अक्सर बच्चा हुर्काउँदा हामीले छोरा र छोरीका लागि भिन्न–भिन्न नियम बनाउने गर्छौँ । केही अभिभावकले आफ्ना बच्चालाई कुनै भेदभाव गर्दैनन् र उनीहरुलाई सही जानकारी दिन चाहन्छन् जुन उनीहरुका लागि उत्कृष्छ हुन्छ । तर केही अभिभावकका लागि बच्चाका लागि भिन्न नियम सही हुन्छन् । आफ्ना छोरीहरुका लागि यस्ता नियम बनाउँछन् जसले उनीहरुलाई घरसम्म मात्रै सिमित बनाउँछ । उनीहरुलाई बाल्यकालदेखि नै छोराभन्दा कम ठानिन्छ र छोरीहरु छोराको बराबरीमा कहिल्यै आउन सक्दैनन् पनि भनेर सिकाइन्छ । छोराले धेरैजसो पूरा स्वतन्त्रता पाउँछ र उनीहरुलाई समाजमा सधैँ ठूलो नै मानिन्छ । छोराहरुलाई परिवारको महत्वपूर्ण हिस्सा ठानिन्छ । त्यसैले अभिभावकले आफ्नो छोरालाई केही कुराहरु सिकाउनु पर्छ । यसबारे जानकारी लिऔँ ।

अरूलाई मद्दत गर

धेरैजसो केटाहरू कसैलाई मद्दत गर्न लाज मान्छन् । तर तपाईंले आफ्नो छोरालाई कसैको मद्दत गर्नुमा केही खराबी छैन भनेर सिकाउनुहोस् । नचिनेका मानिसहरुलाई पनि मद्दत गर्न सिकाउनुहोस् । कसैका लागि ढोका खोल्नु, कसैलाई बाटो काट्न सघाउनु वा कुनै पनि रुपमा अरुलाई मद्दत गर्दा तपाईंले धेरै कुरा सिक्नुहुन्छ र आफूलाई सभ्य पनि बनाउनुहुन्छ ।

तपाईंको लिङ्ग सुपेरियर होइन

अक्सर केटाहरू वरपरको परिवेश हेरेर आफूलाई उच्च मान्न थाल्छन् र केटीहरूलाई कमजोर सम्झेर आफ्नो लिंगको घमण्ड देखाउँछन् । आफ्नो छोरालाई पुरुषहरु शारीरिक रुपमा बलियो भए पनि, उनीहरु आफ्ना बहिनी वा अरु केटीहरुभन्दा बलियो नै हुन्छन् भन्ने छैन भनेर सिकाउनुहोस् ।

अरूलाई कम सोच्न हुँदैन भनेर सिकाउनुहोस्

अक्सर हामी आफूलाई महान सम्झन्छौँ र अरूलाई अपमानित गर्न थाल्छौँ । तपाईंको छोरालाई सिकाउनुहोस् कि तपाईंको लिङ्ग वा घमण्डले तपाईंलाई महान बनाउँदैन । त्यसैले धनी होस् या गरिब सबै मानिसप्रति दयालु हुनुपर्छ भनेर पनि सिकाउनुहोस् ।

सबैलाई सम्मान गर्नुहोस्

आजको पुस्ताले समाजमा मान्छेलाई मजाक बनाउँछ त्यसैले आफ्ना छोरालाई जीवनमा भेट्ने हरेक व्यक्तिको सम्मान गर्नुपर्छ भनेर सिकाउनुहोस् । आफूभन्दा साना–ठूला दुबैलाई सम्मानको दृष्टिकोणले हेर्नुपर्छ भनेर सिकाउनुहोस् । यस्तो गर्दा सायद समाजमा बस्ने मानिसले तपाईंबाट प्रेरणा लिन सकून् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप