शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाल बैंकको सन्देशमुलक दशैं भिडियो “मामाघर” सार्वजनिक

बुधबार, १२ असोज २०७९, १६ : १४
बुधबार, १२ असोज २०७९

नेपाल बैंक लिमिटेडले बडा दशैंको अवसरमा सन्देशमूलक दशैं भिडियो “मामाघर” सार्वजनिक गरेको छ । दशैंमा बालबच्चाहरुको मामाघर प्रतिको मोह तथा बालमनोबिज्ञानलाई कलात्मक ढंगले प्रस्तुत गर्न खोजिएको भिडियोमा चाडपर्वमा दिदीभाइ दाजुबहिनीहरुको माया ममता तथा सम्झनालाई समेत मार्मिक ढंगले प्रस्तुत गरिएको देखिन्छ । 

करिव ३ मिनेटको यो भिडियोमा छोरीको बुद्धिमतापूर्ण व्यवहारले लामो समयको अन्तरालमा आमा र मामाको भेट सम्भव भएको छ भने दशैंमा मामाघरमा गई टिका लगाउन पनि छोरी सफल भएको देखिन्छ । सानो छँदाको दिदीभाइको माया स्नेह विवाह पश्चात विस्तार कम हुँदै गई दुरी बढ्दै जाने र एकले अर्कोलाई बेवास्ता गर्ने हाम्रो समाजको  यथार्थपरक चित्रण गर्दै दिदीभाइ तथा दाजुबहिनीको माया सधैं प्रगाढ रहिरहनुपर्ने सन्देश समेत भिडियोले दिएको छ ।

त्यसैगरी डिजिटल बैंकिङ् को प्रयोगलाई प्रबर्द्धन गर्ने मनसाय समेत भिडियोमा देखिएको छ  । नेपाल बैंक लि.ले आफ्नो आधिकारीक फेश बुक पेज  र युट्युव मार्फत सो भिडियो सार्वजनिक गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप