लोसपाकी नेतृ चौधरी कांग्रेसमा प्रवेश
बुधबार, १२ असोज २०७९, १७ : ३३

लोसपाकी सांसद तथा पूर्वमन्त्री चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई स्वागत गरेका हुन् । स्रोतका अनुसार काँग्रेसले नेतृ चौधरीलाई सर्लाही–४ मा टिकट दिने निश्चित भएको छ । सर्लाही–४ मा डा. अमरेशकुमार सिंहले टिकटको दावी गर्दै आएका थिए । चौधरी पार्टी प्रवेश गरेपछि नेता सिंहले टिकट नपाउने लगभग निश्चित भएको छ ।
लोसपाका कार्यकारिणी सदस्य समेत रहेकी नेतृ चौधरी अध्यक्ष महन्थ ठाकुर निकट हुन् । उनी लोसपाबाट समानुपातिक सांसद भएकी थिइन् । यसपटक समानुपातिकमा नपरेपछि उनी काँग्रेसमा प्रवेश गरेकी हुन् । चौधरीको पार्टी प्रवेश कार्यक्रममा कांग्रेस नेतृ डा.आरजु देउवा लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीस्वस्थानी व्रतकथा समाप्ती : व्यावहारिक जीवनमा स्वस्थानी व्रतकथाको महत्त्व कति ?
-
३६ लाख २० हजार पुरस्कार खेलाडीको खातामा
-
लहानबाट नक्कली नोटसहित दुई युवक पक्राउ
-
राजीनामा बुझाएका रास्वपाका ३ मन्त्रीले सोमबार पत्रकार सम्मेलन गर्ने
-
कर्णालीमा पहिलोपटक मिर्गौला प्रत्यारोपण
-
चीनमा ५ वटा सवारी साधन ठोक्किँदा १६ जनाको मृत्यु