शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बिहीबारदेखि  लुम्बिनीमा विद्युतीय गाडी सञ्चालनमा आउने

बुधबार, १२ असोज २०७९, १७ : ५७
बुधबार, १२ असोज २०७९

लुम्बिनीमा बिहीबारदेखि विद्युतीय गाडी सञ्चालनमा आउने भएका छन् ।  गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा लुम्बिनीमा थन्किएका विद्युतीय बस बिहीबारदेखि सञ्चालनमा आउने भएका हुन् ।  गृहमन्त्रीको निर्देशन लगत्तै बुधबार भैरहवामा बसेको लुम्बिनी बिकास कोष, स्थानीय पालिका, यातायात कार्यालय, उद्योगी तथा पर्यटन व्यवसायसँग सम्बन्धित सघं–सस्थाको बैठकले विद्युतीय बस सञ्चालन गर्ने निर्णय गरेको हो ।  तत्काललाई ५ वटा बस सञ्चालनमा ल्याउने निर्णय भएको छ ।

प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले गृहमन्त्रीको पहलमा विभिन्न रुटमा ५ वटा बस सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए । उनले विद्युतीय बसका लागि आवश्यक चालक नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उपलब्ध गराउने निर्णय भएको बताए । थन्किएका बसहरू निःशुल्क रूपमा सञ्चालनमा आएसँगै चाडपर्वका बेला आन्तरिक तथा बाह्य पर्यटकलाई टेवा पुग्ने विश्वास लिइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप