शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सवारी दुर्घटना बढेपछि कपिलवस्तुमा टाइम कार्ड लागु

बुधबार, १२ असोज २०७९, १८ : २३
बुधबार, १२ असोज २०७९

कपिलवस्तुमा चाडपर्वमा सवारी दुर्घटना न्यूनीकरण गर्न  प्रहरीले टाइम कार्ड लागु गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले लामो दूरी र राजमार्गमा चल्ने सवारी साधनमा टाइम कार्ड लागु गरेको हो ।

चाडपर्व सुरु भएपछि सवारीको चाप बढ्दै गर्दा सवारी दुर्घटना हुने जोखिम समेत बढ्दै गएकाले टाइम कार्ड लागु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । जिल्लामा गत शनिवार ३ स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाले ज्यान गुमाएका थिए । दुर्घटना न्यूनीकरणका लागि उपाय खोजिएको तिमिल्सिनाले बताए ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, जिल्ला प्रहरी प्रमुख प्रेम बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक सूर्यबहादुर सेन, राष्ट्रिय अनुसन्धान कपिलवस्तु प्रमुख योगेन्द्र केसीसहितको टोलीले राजमार्ग क्षेत्रको अनुगमन गरी दुर्घटना न्यून गर्न टाइम कार्ड लागु गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।

ट्राफिक प्रहरी पोष्ट चन्द्रौटा र पीपराबाट टाइम कार्ड प्रदान गरिने बताइएको छ । जिल्ला कार्यालय गोरुसिङ्गेमा रहेको चेकपोष्टले छड्के चेक गर्नेगरी कार्ड लागु गरिएको छ । पीपरादेखी चन्द्रौटासम्म रहेको ३८ किलोमिटरको दुरी पार गर्न ट्रक र टिप्परलाई १ घण्टा तथा बस कार जिपलाई ५४ मिनेटको समय अवधि तोकिएको छ । निर्धारित समयभन्दा चाँडै आउने सवारी साधनलाई जरिमाना गरिने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप