बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

२५ प्रतिशत नगद लाभांश वितरण गर्ने सनराईज ​क्यापिटलको निर्णय

बुधबार, १२ असोज २०७९, १९ : १८
बुधबार, १२ असोज २०७९

सनराईज क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले २५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७८/२०७९ को मुनाफाबाट २५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय भएको हो ।

उक्त लाभांश कम्पनीको आगामी बस्ने बाह्रौं वार्षिक साधारणसभा सम्पन्न भई पारित भए पश्चात् वितरण गर्ने जानकारी कम्पनीले गराएको छ । कम्पनीले हाल शेयर निष्कासन, १८ वटा कम्पनीको शेयर रजिष्ट्रार कार्य, लगानी व्यवस्थापन सेवा, शेयर प्रत्याभूति लगायत सनराईज सामूहिक लगानी कोष अन्तर्गत सनराईज फष्ट म्यूचुअल फण्ड र सनराईज ब्लचीप फण्ड गरी २ वटा बन्दमुखी योजना सञ्चालन गर्दै आएको छ ।

निकट भविष्यमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भए पश्चात् थप १ बन्दमूखी सनराईज फोकस्ड इक्युटि फण्ड सञ्चालन गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप