शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अख्तियार आयोगद्वारा बागमती प्रदेश प्रमुख शर्मासमक्ष वार्षिक प्रतिवेदन पेस

बुधबार, १२ असोज २०७९, १९ : ४४
बुधबार, १२ असोज २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मासमक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगको हेटौंडा कार्यालयका प्रमुख नरहरि घिमिरेले बुधबार एक कार्यक्रमबीच नेपालको संविधानको धारा २९४ को उपधारा ३ बमोजिम आयोगले तयार गरेको आर्थिक वर्ष २०७८/७९ को ३२औँ वार्षिक प्रतिवेदन पेस गरे ।

सो अवसरमा प्रदेश प्रमुख शर्माले आयोगको सक्रियताले न्यायमा आधारित समतामूलक, सुशासनयुक्त समाज र राज्य निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा आयोगको हेटौंडा कार्यालयका प्रमुख घिमिरेले आयोगले सम्पादन गरेको बागमती प्रदेशभित्रका विषयवस्तु समेटिएको वार्षिक प्रतिवेदनको सारसंक्षेप प्रस्तुति दिएका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप