बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एन्फाको वार्षिक अनुमानित खर्च झण्डै ९३ करोड

बुधबार, १२ असोज २०७९, १९ : ५०
बुधबार, १२ असोज २०७९

अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभाले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट र कार्यक्रमहरु पास गरेको छ । एन्फाले बुधबार पास गरेको बजेट अनुसार आर्थिक वर्ष २०७९/८० को लागि ९४ करोड ८८ लाख ८८ हजार ५ सय ८८ अनुमानित आम्दानी रहेको हो ।

जसमा ९२ करोड ९१ लाख ८२ हजार ४ सय ७० अनुमानित खर्चलाई साधारण सभाले पास गरेको जानकारी दिए । त्यस्तै आर्थिक वर्ष २०७७/७८ को आम्दानी २५ करोड ५६ लाख ३२ हजार २ सय १६ र खर्च २४ करोड ६९ लाख १८ हजार ९ सय ३३ रूपैयाँलाई पास गरेको छ ।

त्यस्तै आर्थिक वर्ष २०७८/७९ को आम्दानी २६ करोड ८३ लाख २१ हजार ९४ र खर्च ४० करोड ६७ लाख ६७ हजार ८ सय ४२ रूपैयाँलाई साधारण सभाले पास गरेको छ । एन्फाको साधारण सभाले सन् २०२७ सम्म महिला तथा पुरुष टोलीलाई साफ च्याम्पियन बनाउने तयारीमा लाग्ने बताएको छ ।

त्यस्तै महिला तथा पुरुष फुटबल टोली बलियो बनाउन ५०० जना खेलाडी उमेर समूह देखि तयारी अवस्थामा राख्न लागेको उल्लेख छ । साधारण सभाले नयाँ कार्यसमितिको ४ वर्षे कार्यकालमा १० देखि १२ स्थानमा टेक्निकल सेन्टर लगायतका भौतिक संरचना बनाउने योजना पास गरेको छ । बैठकले मानार्थ अध्यक्षको रुपमा नरेन्द्र श्रेष्ठलाई नियुक्त गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप