शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कार्यवाहक मुख्य प्रशिक्षक हुमागाईँलाई कारबाहीको माग

बुधबार, १२ असोज २०७९, २० : ००
बुधबार, १२ असोज २०७९

नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ)ले मंगलबार बंगलादेशसँगको मैत्रीपूर्ण खेल पश्चात् नेपाली राष्ट्रिय फुटबल टोलीका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईँले मञ्चलाई जोडेर दिएको आपत्तिजनक अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेलपछि आयोजित ‘पोस्ट म्याच कन्फ्रेन्स’ का क्रममा प्रशिक्षक हुमागाइँ पत्रकारमाथि आक्रोश पोखेपछि मञ्चलाई आर्थिक सहयोग गर्ने भन्दै गरेको गैरव्यावसायिक टिप्पणीप्रति मञ्चको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । मञ्चले बुधवार विज्ञप्ति जारी गर्दै त्यस प्रकारको व्यक्तिगत सहयोग कहिल्यै स्वीकार नगरेको र भविष्यमा पनि नगर्ने भन्दै प्रशिक्षक हुमागाईँको व्यवहारप्रति भत्र्सनासमेत गरेको छ ।

उनको त्यो अभिव्यक्ति अत्यन्तै गैरव्यावसायिक, गैरजिम्मेवार, निम्न सोचबाट आएको र पदीय मर्यादा विपरीत रहेको मञ्चले जनाएको छ । खेलबारे विश्लेषण र पत्रकारको प्रश्नका जबाफ दिनुको साटो प्रशिक्षक हुमागाईँले उल्टै नेपालका खेल पत्रकारमाथि निराधार आरोप लगाउँदै उनीहरूमाथि गलत धारणा पनि प्रस्तुत गरेको मञ्चले निष्कर्ष निकालेको छ । उनको व्यवहार खेल भावना विपरीत रहेको र उनमा पत्रकार सम्मेलनका क्रममा कसरी प्रस्तुत हुनुपर्छ भन्ने सामान्य ज्ञानको पनि अभाव देखिएको मञ्चले जनाएको छ ।

साथै मञ्चले प्रशिक्षक हुमागाईँको निन्दनीय प्रस्तुतिबारे अखिल नेपाल फुटबल संघ(एन्फा) को ध्यानाकर्षण गराएको र उनलाई आवश्यक कारबाही गर्न पनि माग गरेको छ । प्रशिक्षक हुमागाईँको यस प्रकारको व्यवहारका कारण एन्फासँग रहँदै आएको सम्बन्ध पनि प्रभावित हुने मञ्चले चेतावनी दिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप