लागुऔषध सेवन गरी सवारी साधन चलाउने १ जना चालक पक्राउ
लागुऔषध सेवन गरी सवारी साधन चलाएको सम्बन्धमा चालकलाई चेक गर्दै आएको ट्राफिक प्रहरीले आज पनि नागढुङ्गा क्षेत्रमा चेकजाँच गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ र लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाईहेको अवस्थामा १ जना चालकलाई साँझ नागढुङ्गा सडक खण्डमा फेला पारेको हो ।
बागमती प्रदेश ०१( ००६ ख ३९९१ नम्बरको आईचर गाडीका चालक धादिङको धुनीबेंसी नगरपालिका ५ का २३ वर्षीय सुजन ढकाल लागुऔषध सेवन गरी सवारी साधन चलाइहेको अवस्थामा फेला परेका हुन् । चेकिङको क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा हालसम्म ४ जना चालक फेला परेका छन् ।
उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागी सम्बन्धित प्रहरी कार्यालयहरूमा पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै