शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टप टेन’ समाचार

बुधबार, १२ असोज २०७९, १२ : ०५
बुधबार, १२ असोज २०७९

आज २०७९ साउन असोज १२ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा रवीन्द्र मिश्र राप्रपामा, समानुपातिक सूचीले दलहरुमा किचलो, निर्वाचन आचारसंहिता लागु, लोसपा छाडेर पूर्वमन्त्री चौधरी कांग्रेसमा प्रवेश, उम्मेदवार छान्ने उद्देश्यले एमालेले बोलायो बैठक, आयोगले तोकेको जरिबाना तिर्न दलित तथा सीमान्तकृतलाई सकस, सरकारी कोटामा नेपाली नर्स कहिले जान पाउँछन् बेलायत ?, खाद्य संस्थानले दसैंका लागि बेच्न थाल्यो खसीबोका लगायत छन् ।

१. रवीन्द्र मिश्र राप्रपामा
वैकल्पिक राजनीतिक शक्तिको परिकल्पनासहित विवेकशील साझा पार्टीको नेतृत्व गरेका रवीन्द्र मिश्र अन्ततः राप्रपामा प्रवेश गरेका छन् । बुधबार राप्रपा र विवेकशील साझाको मिश्र समूहबीच पार्टी एकता भएको हो । मिश्रले राप्रपामा वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पाएका छन् ।

​२. समानुपातिक सूचीले दलहरुमा किचलो
प्रमुख राजनीतिक पार्टीहरूमा समानुपातिक निर्वाचन प्रणाालीतर्फको बन्दसूचीले चरम असन्तुष्टि पैदा भएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र लोसपालगायतका प्रमुख राजनीतिक पार्टीमा समानुपातिकका नाममा शीर्ष नेताका आफन्त र पहुँचवालाले अवसर पाएको भन्दै असन्तुष्टि बढेको हो ।

​३. निर्वाचन आचारसंहिता लागू
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि निर्वाचन आयोगले आचारसंहिता लागू गरेको छ ।  मंगलबार मध्य रातिदेखि निर्वाचन आचारसंहिता लागु भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

४. लोसपा छाडेर पूर्व मन्त्री चौधरी कांग्रेसमा प्रवेश
लोसपाकी सांसद तथा पूर्वमन्त्री चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई स्वागत गरेका हुन् ।

५. उम्मेदवार छान्ने उद्देश्यले एमालेले बोलायो बैठक
प्रतिनिधि र प्रदेशसभा सदस्यका प्रत्यक्ष तर्फका उम्मेदवारबारे छलफल गर्न नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बिहीबार दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्नेगरी बैठक बोलाइएको उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए ।

६. आयोगले तोकेको जरिबाना तिर्न दलित तथा सीमान्तकृतलाई सकस
निर्वाचन आयोगले तोकिएको समयावधिभित्र निर्वाचन खर्च नबुझाउने स्थानीय तहका उम्मेदवारलाई जरिबाना तोकेर ६ महिनाभित्र बुझाउन आदेश दिएको छ । तर, दलित तथा सीमान्तकृत समुदायका उम्मेदवारलाई भने आयोगले तोकेको जरिबाना तिर्न सकस हुने देखिएको छ । 

७. सरकारी कोटामा नेपाली नर्स कहिले जान पाउँछन् बेलायत ?
सरकारी कोटामा नेपाली स्वास्थ्यकर्मी (नर्स) बेलायत पठाउने प्रक्रिया अघि बढिरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । नेपाल सरकार र बेलायत सरकार दुवैको तर्फबाट आन्तरिक गृहकार्य भइरहेको हो । 

८. खाद्य संस्थानले दसैंका लागि बेच्न थाल्यो खसीबोका
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसीबोका र च्याङ्‍ग्रा बिक्री सुरु गरेको छ । आज बिहान १० बजेदेखि कम्पनीको थापाथलीमा रहेको प्रादेशिक कार्यालयबाट दसैंका लागि खसीबोका बिक्री सुरु गरिएको हो । 

९. सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी कागजमै सीमित
साविकको प्रदेश नं. ७ को नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’मा राख्ने निर्णय भएको ४ वर्ष पूरा भयो । प्रदेशको स्थायी राजधानीबाट सेवा पाउने आम नागरिकको आशा ४ वर्ष बित्दा पनि पूरा भएको छैन । प्रदेश सरकारले यो अवधिमा स्थायी राजधानीमा प्रादेशिक मुकाम बनाउन नसकेको हो । 

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री रामेश्वर राय यादवले आसन्न निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । उनले निर्वाचनका लागि १० करोड खर्च लाग्ने र सो रकम आफूसँग नभएको भन्दै उम्मेदवार नबन्ने बताएका हुन् ।

रुपेश अधिकारी र दीपेन्द्र धिमाल अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् । एन्फाको बुधवार बसेको विशेष साधारण सभामा भएको पुनः निर्वाचनबाट रुपेश र दीपेन्द्र निर्वाचित भएका हुन् ।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र (निजगढ) को घना जंगलभित्र रहेको टाँगियाबस्ती क्षेत्रमा कानुन विपरीत विद्युतीकरण गरेको भन्दै डिभिजन वन कार्यालय बाराले नेपाल विद्युत प्राधिकरणका कर्मचारीविरुद्व कारवाहीको तयारी गरेको छ । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप