शनिबार, १९ फागुन २०८०
ताजा लोकप्रिय

बृहत खेलकुद हुने

बुधबार, १२ असोज २०७९, २१ : ००
बुधबार, १२ असोज २०७९

काठमाडौं जिल्ला खेलकुद विकास समितिले बृहत काठमाडौं जिल्ला विद्यालयस्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ । बृहत खेलकुद माघ दोश्रो साता हुने काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।

त्यसका लागि काठमाडौं जिल्लाले सरोकारवालासँग बुधबार बृहत छलफल कार्यक्रम आयोजना ग¥यो । सोही अवसरमा दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेत, उप मेयर वसन्ती डंगोल, अध्यक्ष कक्षपतिले विभिन्न १६ विद्यालयलाई खेल सामाग्री प्रदान गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप