बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बाटोमा हिँड्दाहिँड्दै लडेर एक जनाको मृत्यु

बुधबार, १२ असोज २०७९, २१ : ४२
बुधबार, १२ असोज २०७९

नौगाड गाउँपालिका–४ सिप्टीमा बाटोबाट लडेर एक जनाको ज्यान गएको छ । बैतडी जिल्ला डिलासैनी गाउँपालिका(२ गन्नाका अन्दाजी ५० वर्षीय मौरे बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलामा सूचना अधिकारी राजेशबहादुर शाहीका अनुसार सिप्टी हुँदै मार्मा जाने क्रममा हिँडिरहेको अवस्थामा बाटोबाट लडेर मृत्यु भएको हो । 

मार्मा गाउँपालिका-६ पत्थरकाडा बुहारीको माइतीघर गइरहेका बोहराको सिप्टीको बाटोबाट अन्दाजी ६ मिटर तल खसेर मृत्यु भएको हो । घटनास्थलमा अहिले प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । –न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप