शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

घाँस काट्न निस्केकी महिलाको बलात्कारपछि हत्या

बुधबार, १२ असोज २०७९, २२ : ४०
बुधबार, १२ असोज २०७९

बाँसघारीमा शव फेला परेको महोत्तरी मटिहानी नगरपालिका–१ की ४० वर्षीया अमना खातुनको हत्या भएको खुलेको छ । फलामका पेचकसले घाँटी, छाती र पेटमा प्रहार गरि शलले घाँटी कसेर उनको हत्या भएको प्रहरीले जनाएको छ ।

बलात्कार गरेर उनको हत्या गरिएको हुनसक्ने प्रहरीको आशंका छ । यद्यपि पोष्टमार्टम रिपोर्ट आएपछि मात्र त्यो कुरा खुल्ने महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी चन्देश्वर यादवले बताए । हत्या आरोपमा प्रहरीले स्थानीय २४ वर्षीय मोजाहिर अन्सारीलाई पक्राउ गरेको छ । घटनामा थप व्यक्तिको संलग्नता रहेको वा नरहेको सम्बन्धमा अनुसन्धान भइरहेको डिएसपी यादवको भनाइ छ ।

गत असोज ७ गते बिहान ११ बजे घाँस काट्न भनी अमना घरबाट हसियाँ र प्लाष्टिकको बोरा लिएर निस्केकी थिइन् । तर साँझसम्म उनी घर नफर्केपछि छिमेकी तथा आफन्तले उनको खोज तलास सुरु गरयो । नभेटेपछि स्थानीय प्रहरीलाई खबर गरियो । खोजतलासको क्रममा राति पौने १० बजे धिरापुर गाउँदेखि डेढ किलोमिटर पूर्व पर्ने बिगही खोलाको किनारमा पर्ने झिझाँ बगैँचाको बाँसघारीमा अमनाकी शव फेला परेको थियो ।

घटनास्थलमा मृतकको लुगाफाटा च्यातिएको, सुरुवालको डोरी (इजार) चुँडिएको, पोते चुँडिएको, चुरा फुटेको, कुर्ताका गोजीको टुक्रा फालिएको र आरोपितको गन्जी पनि च्यातिएको अवस्थामा फेला परेको डिएसपी यादवले जानकारी दिए । उनकाअनुसार हत्या आरोपी मोजाहिरले एकसय मिटरसम्म शव घिसारेर बाँसघारी ल्याएर राखेको थियो ।

हत्यापश्चात् उनले मृतक अमनाले लगाएकी पाउजु र नाकको फुली निकालेर जलेश्वरस्थित एक सुन पसलमा ६ हजार रुपैँयामा बेचेका थिए । हत्या अरोपी मोजाहिर विरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दा चलाएर अनुसन्धान गरिरहेको डिएसपी यादवले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप