शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

होटल तथा पर्यटन व्यवसायी संघ बाराको अध्यक्षमा लम्साल

बुधबार, १२ असोज २०७९, २३ : ०३
बुधबार, १२ असोज २०७९

होटल तथा पर्यटन व्यवसायी संघ बाराको अध्यक्षमा अर्जुन लम्साल चयन भएका छन् । बाराको सिमरामा आज भएको संघ पाँचौ साधारणसभाले अध्यक्षमा लम्साललाई चयन गरेको हो । अधिवेशनले लम्सालको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

कार्यसमितिको प्रथम उपाध्यक्षमा शम्भु खड्गी, द्धित्तिय उपाध्यक्षमा प्रल्हाद उप्रेती, महासचिवमा गोबिन्द गहतराज, सचिवमा प्रभात सिग्देल, सह–सचिवमा कृष्ण अधिकारी र कोषाध्यक्षमा कल्याणी गौतम चयन भएका छन् ।  यसैगरी सदस्यहरूमा हेमलाल गौतम, सर्जु थापा, जय प्रकाश साह, शर्मिला शाह, बिमलराज भारती, सुशीला केसी, अजय जर्गा मगर, युव प्र. गौतम, सोममाया रुम्बा, कर्णबहादुर कार्की, ज्ञानेन्द्र कार्की, फुलमाया रुम्बा, मुन्नालाल साह कलवार, बिनोद प्रसाद जैसवाल र रामकृष्ण घिमिरे चयन भएका हुन् ।

साथै आजै भएको होटल तथा पर्यटन सहकारी संस्थाको चौथो वार्षिक साधारणसभाले अध्यक्षमा प्रल्हाद उप्रेतीलाई चयन गरेको छ ।  सहकारी संस्था लिमिटेडको चौथो बार्षिक साधारणसभाले उप्रेतीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ । जसमा उपाध्यक्षमा बिनोद जैसवाल, सचिवमा शम्भु खड्गी, कोषाध्यक्षमा मीरा थापा चयन भएका छन् । सदस्यहरूमा मनोजप्रसाद गुप्ता, बिनिता रेग्मी, ज्ञानेन्द्र कार्की, हरिहर श्रेष्ठ र प्रेम ठकुरी रहेका छन् ।
संस्थाको लेखा समिति संयोजकमा लक्ष्मण अधिकारी  र लेखा समिति सदस्यहरूमा सूर्य लामा र सुस्मित गौतम छनोट भएका छन् । सर्वसम्मत रुपमा चयन भएका दुवै निकायका पदाधिकारीहरुले आजै शपथग्रहण गरेका छन् । होटल तथा पर्यटन व्यवसायी संघ बाराका सल्लाहकार भने पर्यटन व्यवसायी युवराज लामा र संस्थापक अध्यक्ष मोहन शर्मा लामिछानेले सर्वसम्मत चयन भएको अध्यक्ष अर्जुन लम्सालले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप