बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मेक्सिकोमा बन्दुकधारीद्वारा ५ प्रहरीसहित ६ जनाको हत्या

बिहीबार, १३ असोज २०७९, ०७ : ३९
बिहीबार, १३ असोज २०७९

उत्तरी मेक्सिकोमा बन्दुकधारीहरूले ६ जना प्रहरी अधिकारीको गोली हानेर हत्या गरेका छन् ।  क्यालेरा डे भिक्टर रोजालेसको खेलकुद केन्द्रमा तालिम भइरहेका बेला पाँच प्रहरी अधिकारीको गोली हानेर हत्या भएको हो ।

जाकाटेकास राज्यमा बन्दुकधारीले आक्रमण लगत्तै घटनास्थलमा पुगेका थप दुई कानून प्रवर्तन अधिकारीहरूलाई पनि गोली हानेका थिए । तीमध्ये एक जनाको मृत्यु भएको छ । आक्रमणमा लागूऔषध तस्करको संलग्नता रहेको अनुमान गरिएको छ ।

गत जनवरीमा जाकाटेकास राज्यको राजधानीमा गभर्नरको दरबारको अगाडि छोडिएको खेलकुद उपयोगिता गाडीमा १० शव फेला परेका थिए ।  यसैबीच, पछिल्लो घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप