शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

किशोर थापाले छाडे विवेकशील साझा

बिहीबार, १३ असोज २०७९, ०७ : ५८
बिहीबार, १३ असोज २०७९

विवेकशील साझाका केन्द्रीय सदस्य किशोर थापाले पार्टीबाट राजीनामा दिएका छन् । उनले असोज ४ गते पार्टी अध्यक्ष समीक्षा बाँस्कोटालाई पार्टीको साधारण सदस्य समेत नरहे गरी राजीनामा बुझाए पनि पत्र बुधबार साँझ मात्र सार्वजनिक गरिएको हो । 
उनले विवेकशील साझाको अस्तित्व रहेसम्म पार्टीलाई समर्थन, सद्भाव र सहयोग रहने राजीनामा पत्रमा उल्लेख छ । नेपाल सरकारका पूर्वसचिव थापा  ०७४ को स्थानी निर्वाचनमा काठमाडौं महानगरपालिकाकाे मेयरको उम्मेदवार बनेका थिए ।

अहिले विवेकशील साझा नेताहरुले पार्टी छोड्ने लहर चलेको छ । विवेकशील साझाका पूर्व अध्यक्ष रवीन्द्र मिश्रको समूह बुधबार राप्रपा प्रवेश गरेको छ । विवेकशील साझाका अधिकांश चर्चित अनुहार पनि निश्कृय बनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप