शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एमाले उपाध्यक्ष पाण्डेलाई मातृशोक

बिहीबार, १३ असोज २०७९, ०८ : ११
बिहीबार, १३ असोज २०७९

एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे र  बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेकी आमा मनमाया पाण्डेको ८७ वर्षको उमेरमा निधन भएको छ ।

एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले सामाजिक सञ्जालमार्फत लेखेका छन् 'कान्छो भाइ दिपेन्द्रले बिहान सवा चार बजे आमा बितेको खबर गरेपछि म भण्डाराबाट काठमाडौं लागेँ ।' आफ्ना पूर्वनिर्धारित कार्यक्रम स्थगित भएको पाण्डेले जानकारी दिएका छन् । 

मनमाया पाण्डेको काठमाडौं सीतापाइला स्थित आफ्नै निवासमा निधन भएको हो । उनका पाँच छोरा र तीन छोरी रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप