शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कांग्रेसले प्रतिनिधिसभामा ८७ सिट पाउने, कहाँ–कहाँ टुंगियो ?

बिहीबार, १३ असोज २०७९, ०८ : १६
बिहीबार, १३ असोज २०७९

नेपाली काँग्रेसले प्रतिनिधिसभामा गठबन्धनबाट ८७* सिट पाउने भएको छ।  सत्ता गठबन्धनको बुधबार बसेको बैठकमा कांग्रेसले ८७ सिट पाउने सहमति हुनुका साथै तीमध्ये अधिकांश क्षेत्रको भागबण्डा टुंगिएको हो ।

जसअनुसार काँग्रेसले पाउने निर्वाचन क्षेत्रमा कञ्चनपुर- ३, कञ्चनपुर-२, डडेलधुरा, दार्चुला, कैलाली- १, ४, ५, अछाम -२, बाजुरा, सुर्खेत- १ र २, दैलेख - २, मुगु, नवलपरासी पश्चिम -२, बर्दिया- १ रहेको छ । दैलेख-१ मा भने एकीकृत समाजवादीको पनि दाबी छ । 

यसैगरी चितवन -  १ र २, गोरखा - १, मनाङ, कास्की- १, तनहुँ- १ र २, स्याङ्जा- १ र २, नवलपरासी पूर्व- १ र २, मनाङ, म्याग्दी, पर्वत, गुल्मी- १, पाल्पा- १, अर्घाखाँची, रुपन्देही - ३,४ र ५, कपिलबस्तु - २, ३, दाङ- ३ र बाँके - ३ निर्वाचन क्षेत्रबाट पनि काँग्रेसले उम्मेदवारी दिने सहमति भएको छ । 

यसैगरी पाँचथर, इलाम-२, झापा - १,३ र ४, संखुवासभा, तेह्रथुम, धनकुटा, मोरङ-१,२,३ र ६, सुनसरी - २,३ र ४, ओखलढुंगा, उदयपुर - १, सप्तरी -३, ४, सिरहा - १, २ धनुषा- २, ३ र ४ महोत्तरी - २ र ३ निर्वाचन क्षेत्र पनि काँग्रेसले लिने सहमति भएको छ ।

यस्तै सर्लाही - ४, बारा- १, पर्सा -३ र ४, सिन्धुली-१, रसुवा, धादिङ - २, नुवाकोट -२, काठमाडौं - १, १०, ३,४,५,६, भक्तपुर - १ र २, ललितपुर - १, काभ्रे --२ सिन्धुपाल्चोक - २ र मकवानपुर- १ कांग्रेसले लिने बताइएको छ । 

जसमध्ये कांग्रेसले पाउने भनिएको धनुषा - ४ मा जसपा, महोत्तरी - ३ मा पनि जसपाको दाबी कायमै छ भने गठबन्धनमा भएको सहमति अनुसार कांग्रेसले दोलखा वा रामेछाप मध्ये एक निर्वाचन क्षेत्र पनि पाउने सहमति छ ।

* यसअघि अन्यथा भएकोमा सच्याइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप