शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पाल्पामा जिप दुर्घटना हुँदा ४ जना घाइते

बिहीबार, १३ असोज २०७९, ०८ : ४६
बिहीबार, १३ असोज २०७९

असोज १३ पाल्पाको रैनादेवी छहरा–४ मा गए राति जिप दुर्घटनामा परी  ४ जना घाइते भएका छन् । 

बुटवलबाट यात्रु लिएर पाल्पाको  जुठा पौवा जाँदै गरेको लु १ ज १४३१ नम्बरको जिप भैरव मावि छहराको निर्माणाधीन भवनमाथि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले  जनाएको छ ।
 
पाल्पामा डिएसपी वीरेन्द्र थापाले  दुर्घटनामा स्थानीय  हिरा पुन, कृष्ण बहादुर राई, दीपक पुन, छविलाल रास्कोटी घाइते भएको बताए । जिपमा १० जना यात्रु रहेको थिए । घाइतेलाई पाल्पाकै मिसन अस्पताल तानसेनमा उपचारका लागि ल्याएको छ ।   जिप के कारणले दुर्घटना भयो भन्ने बारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप