बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विवेकशील साझाका नेता पुरुषोत्तम ढुंगेल कांग्रेस प्रवेश

बिहीबार, १३ असोज २०७९, ०९ : ३१
बिहीबार, १३ असोज २०७९

विवेकशील साझाका नेता पुरुषोत्तम ढुंगेल नेपाली कांग्रेस प्रवेश गरेका छन् । बिहीबार विहान कांग्रेस नेता प्रकाशमान सिंहले ढुंगेललाई पार्टी प्रवेश गराएका हुन् । गत निर्वाचनमा उनी काठमाडौं – १  (ख)  प्रदेशमा विवेकशील साझाबाट उमेदवार भएका थिए । 

त्यहाँ एमालेका गणेश दुलाल विजयी भएका थिए । दुलालले ४ हजार २ सय ४२ मत ल्याउँदा कांग्रेसका उम्मेदवार सुरजचन्द्र लामिछानेले ४ हजार २ सय २३ मत प्राप्त गरेका थिए । उनी १९ मतले पराजित हुँदा तेस्रो भएका विवेकशील साझा ढुंगेलले २ हजार ७ सय २५ मत ल्याएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप