बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दशकौँपछि अमेरिकामा खतरनाक आँधी

बिहीबार, १३ असोज २०७९, १० : २५
बिहीबार, १३ असोज २०७९

अमेरिकाको फ्लोरिडाको दक्षिण–पश्चिम तटमा शक्तिशाली आँधी इयान ठोक्किँदा भारी वर्षा र बाढीको अवस्था छ, साथै तीब्र हावा पनि चलिरहेको छ ।​ दशकौंपछि पहिलो पटक अमेरिकामा यस्तो खतरनाक आँधी आएको हो ।

बुधबार आएको यो आँधीलाई तीव्रताका आधारमा पाँचौं श्रेणीमा राखिएको छ र प्रति घण्टा २५० किलोमिटरको गतिमा हावा चलिरहेका छन् । आँधीको बाटोमा पर्ने घर खाली गर्न आदेश दिइएको छ । लाखौँ मानिसलाई बिस्थापित गरिसकिएको छ । इलाकामा बिजुलीको आपूर्ति ठप्प छ । लगभग १८ लाख मानिस अँध्यारोमा बस्न बाध्य छन् ।

फ्लोरिडाका गभर्नर रन डिसेनटिसले बुधबार भने, ‘मानिसहरुका लागि प्रार्थना गर्नुहोस् । यो असाध्यै खराब दिन हो ।’ इन्टरनेशनल हरिकेन रिसर्च सेन्टरका एसोसिएट डाइरेक्टर एरिक सल्नाले भने, ‘आँधीका कारण समुद्रको पानीले निम्त्याउने विनाशलाई नदेखेसम्म कल्पना गर्न पनि गाह्रो हुन्छ ।’

एरिक सालनाका अनुसार तथ्याङ्क र इतिहास हेर्दा, हावाभन्दा पानीका कारण धेरै मृत्यु हुन्छ र इयानको अहिलेको अवस्था सबैभन्दा खराब छ ।

फ्लोरिडाको सम्पूर्ण पश्चिमी तटमा आँधीको चेतावनी जारी गरिएको छ । बुधवार र बिहीबार अमेरिका भित्र र बाहिर ४,००० भन्दा बढी उडानहरू रद्द गरिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप