शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ बसपार्कमा अदिति र धीरजसँगै नाचे दर्शक

बिहीबार, १३ असोज २०७९, ११ : ००
बिहीबार, १३ असोज २०७९

‘बाबरी’ आगामी शुक्रबारबाट प्रदर्शनमा आउँने फिल्म हो । दसैँको छेको पारेर रिलिज हुन लागेको फिल्मले बुधबार राजधानीमा एक कार्यक्रमका बीच दर्शक साक्षात्कार गरेको छ ।

नयाँ बसपार्कको लोत्से मल अगाडी आयोजित कार्यक्रममा दर्शकले फिल्मका कलाकारलाई फिल्मको बिषयमा आफ्नो जिज्ञासा राखेका थिए । फिल्मका मुख्य कलाकार धीरज मगर, अदिति बुढाथोकी र धीरज नाडकर उपस्थित रहेको कार्यक्रममा दर्शकले कलाकारसँग तस्विर तथा सेल्फी समेत खिचाएका थिए ।

कार्यक्रममा दर्शकको फर्माइसमा फिल्मका कलाकार धीरज मगर, अदिति बुढाथोकी र धीरज नाडकरले फिल्मका गीत ‘बाबरी रंग’ र ‘चुलबुल चुलबुल’ मा प्रत्यक्ष नृत्य गरेर दर्शक समेत रिझाए । 

कलाकारले गीतमा आफूसँगै दर्शक पनि नचाउन सफल भएका थिए । कार्यक्रममा धीरज मगरको अटोग्राफका लागि युवतीहरुले तछाडमछाड गर्नुको अलवा अदितिलाई ‘आई लभ यु’ भन्ने दर्शक समेत धेरै देखिएका थिए ।

कार्यक्रममा दर्शकको साथले निकै उत्साह मिलेको बताएकी अभिनेत्री अदितिले फिल्मका लागि माया दिन अनुरोध गरिन् । ‘हिजो अस्तिसम्म अलि अलि मनमा डर थियो । तर आज दर्शकले देखाएको उत्साह र मायाले हौसला मिलेको छ’ उनले भनिन् ।

अभिनेताद्वयले पनि फिल्मप्रति दर्शकको उत्साहले आफूहरु पनि उत्साहित रहको बताए । सुरेन्द्र पौडेलको निर्देशन रहेको फिल्म रोमान्टिक प्रेमकथामा निर्माण भएको हो । 

फिल्ममा बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, धुर्व कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दिलिप गुरुङ, डिचेन्ला वान्ग्मो ठुंगोनको पनि अभिनय छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप