बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

३३ वर्षका क्यानेडेली अभिनेताको निधन

बिहीबार, १३ असोज २०७९, ११ : ०६
बिहीबार, १३ असोज २०७९

३३ वर्षका क्यानेडेली अभिनेता रोबर्ट कोर्मियरको एक ‘दुःखद दुर्घटना’ मा निधन भएको छ । यो खबरलाई उनकी बहिनीले पुष्टि गरेकी छिन् ।

उनकी बहिनी स्टेफानी कोर्मियरले सिटिभी न्युज टोरन्टोलाई बुधबार दिएको जानकारी अनुसार रोबर्टको गत सेप्टेम्बर २३ मा निधन भएको हो । ‘रोबीको अप्रत्याशित निधनले हामीलाई विक्षिप्त पारेको छ,’ उनले भनिन् ।

‘रोबीको एक दुःखद दुर्घटनामा निधन भएको हो,’ कोर्मियरले भनिन् । ‘टोरोन्टोस्थित क्रिटिकल केयर टिमका सदस्यले टिमले रोबीलाई प्रदान गरेको अत्यधिक केयर र परिवारप्रति देखाएको दयाका लागि हृदयदेखि नै नमन । हामी यसका लागि जीवनभर कृतज्ञ रहनेछौँ ।’

यद्यपि, दुर्घटना कस्तो थियो भनेर उनले कुनै जानकारी भने दिइनन् ।

‘दुःखको यो घडीमा रोबीका साथी, सहकर्मी र प्रशंसकले हाम्रो परिवारलाई देखाएको माया र समर्थनले मलमपट्टी लगाउने काम गरेको छ,’ उनले थपेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप