बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म मेकर धिमाललाई अन्तर्राष्ट्रिय फोटोग्राफी अवार्ड

बिहीबार, १३ असोज २०७९, ११ : १४
बिहीबार, १३ असोज २०७९

लोकेशन नेपाल नामक कम्पनीको माध्यमबाट अन्तर्राष्ट्रिय फिल्मको नेपालमा लाइन प्रोड्युसरको रुपमा काम गर्दै आएका गौतम धिमाल अन्तर्राष्ट्रिय फोटोग्राफी अवार्ड (आईपीए) २०२२ बाट सम्मानित हुने भएका छन् । पुरस्कारको बितरण यही अक्टोबर २५, २०२२ मा संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहरस्थित कार्नेगी हलको जाङ्केल हलमा हुनेछ । यो अवार्डबाट सम्मानित हुने धिमाल पहिलो नेपाली फोटोग्राफर हुन् । 

धिमाललाई उनको परियोजना ‘हिमालयन फेसन एडभेन्चर’ को लागि विज्ञापन तथा फेसनको व्यावसायिक श्रेणीमा तेस्रो पुरस्कार प्रदान गर्न लागिएको हो । अहिले १९ औं वर्षमा आयोजना भईरहेको इन्टरनेशनल फोटोग्राफी अवार्ड (आईपीए) ले अवार्डका लागि हरेक वर्ष हजारौं तस्बिरहरु सबमिशन प्राप्त गर्दछ । 

मुख्यतः फेसन, विज्ञापन र प्रकृति र वन्यजन्तुको लागि आफ्नो फोटोग्राफी सीपको प्रयोग गर्ने उनी लामो समयदेखि नेपालमा छायांकन हुने विदेशी फिल्मका लागि लाइन प्रोड्युसरको रूपमा काम गर्दै आइरहेका छन् भने हालै उनले एक स्वदेशी फिल्मको समेत निर्माण गरेका छन् । अन्तर्राष्ट्रिय फोटोग्राफी अवार्ड (आईपीए) बाट सम्मान हुन लागेकोमा उनले खुसी व्यक्त गरेका छन् 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप