शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जैसीदेवलमा खुकुरी प्रहार गरेर भागेका ४ जना पक्राउ

बिहीबार, १३ असोज २०७९, ११ : २४
बिहीबार, १३ असोज २०७९

काठमाडौंको जैसिदेवलमा इन्द्रजात्राको दिन अन्धाधुन्ध खुकुरी प्रहार गरेर भाग्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ २९ मा बसन्तपुर डबलीबाट गणेश मन्दिर तिर जाँदै गरेका राजिव श्रेष्ठ सहित ७ जना खुकुरी प्रहारबाट घाइते भएका थिए ।
खुकुरी प्रहारमा गरेको आरोपमा प्रहरीले मकवानपुरको बकैया गाउँपालिका–६ घर भएका राजेश लामा (बल),सिन्धुली तीनपाटन घर भएका १८ वर्षीय राजु मगर र दुईजना नाबालकलाई पक्राउ गरेको छ । खुकुरी प्रहार गरेर भागेका २२ वर्षीय राजेश लामालाई मकवानपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

साँझ ९ बजेतिर राजेशको नेतृत्वमा रहेका ५–६ जनाले खुकुरी प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप