साबा महिला बास्केटबल : श्रीलंका विजेता, नेपाल दोस्रो
बिहीबार, १३ असोज २०७९, ११ : २८
श्रीलंकाले साबा महिला बास्केटबल च्याम्पियनसिपको उपाधि जितेको छ । मालेमा बुधबार राति माल्दिभ्सलाई हराएर श्रीलंकाले उपाधि जितेको हो । श्रीलंकाले उपाधि जित्दा नेपाल च्याम्पियनसिपमा फेरि उपविजेता बनेको हो । माल्दिभ्समा सम्पन्न प्रतियोगितामा श्रीलंकाले माल्दिभ्सलाई ७२–५९ ले हराएर च्याम्पियन बन्यो ।
माल्दिभ्सलाई हराएसँगै शीर्ष स्थानमा रहेर श्रीलंका च्याम्पियन बनेको हो । योसँगै नेपाल दोस्रो पटक उप विजेता बनेको हो । अघिल्लो संस्करण समेत श्रीलंकाले उपाधि जितेको थियो भने नेपाल उपविजेता बनेको थियो । प्रतियोगिताको पहिलो खेलमा नेपाल माल्दिभ्ससँग ५१–४७ ले पराजित भएको थियो । जुन हारले नेपाललाई उपाधिबाट बन्चित गरायो । माल्दिभ्ससँग पराजित भएपनि नेपालले मंगलबार श्रीलंकालाई ५५–४९ ले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै