शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आज बस्ने सत्ता गठबन्धन बैठकले भागबण्डा टुंग्याउँछ : जसपा

बिहीबार, १३ असोज २०७९, १२ : १०
बिहीबार, १३ असोज २०७९

सत्ता गठबन्धन दलमा प्रतिनिधिसभातर्फका क्षेत्रको सिट बाँडफाँटमा सहमति भएको कुरा बाहिर आएको छ । पाँचवटै दलको बीचमा सहमति भइ सीट बाँडफाँट भएको भन्दै कसको भागमा कुन क्षेत्र परेको हो भन्ने कुरा बाहिर आएको हो । तर गठबन्धनको साझेदार दल जनता समाजवादी पार्टी नेपालले सीट बाँडफाँटको संख्या आधिकारिक रुपमा आउन बाँकी रहेको बताएको छ ।

गठबन्धनको बैठकमा सहभागी भइरहने जसपाका कार्यकारिणी सदस्य मनिष सुमनले भने, ‘अहिले सहमति नै भएको छैन, गठबन्धनमा छलफल जारी छ, छलफलबाट टुगों लागेपछि आउने लिस्ट नै आधिकारिक हुन्छ ।’ धेरै सिटमा सहमति भइसके पनि केही सिटमा दोहोरो, तेहरो दावी रहेको कारण सहमति हुन नसकेको उनको भनाइ छ ।

आज बस्ने बैठकले त्यसलाई पनि टुंगो लगाउने उनले बताए । मधेश प्रदेशका केही क्षेत्रमा अझै सहमति जुटाउन बाँकी रहेको बताउँदै शीर्ष नेतासहित बस्ने कार्यदलको बैठकले आज टुंगो लगाउने उनको भनाइ छ ।  जसपाले देशैभर ३० सिटको दावी गरेको छ । मधेश प्रदेशमा मात्र २०–१५ सिटमा जसपाको दावी रहेको छ । तर जसपाको भागमा १५ सीट मात्र भाग परेको विवरण सार्वजनिक भएका छन् । सत्ता गठबन्धनको बैठक बिहीबार पनि बोलाइएको छ ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप