वीरगञ्जबाट लागुऔषध सहित ५ जना पक्राउ
बिहीबार, १३ असोज २०७९, ११ : ४०
पर्साको वीरगञ्जबाट प्रहरीले लागुऔषध सहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा घर भएका २६ वर्षीय उत्तम आचार्य, २० वर्षीय अरुण राई, काठमाडौंको चन्द्रागिरी घर भएका सुविन श्रेष्ठ, भारतीय नागरिक ओम प्रकाश महतो र बारा घर भएका प्रदिप बोहरा क्षेत्री छन् ।
वीरगञ्ज–१४ स्थित गण्डक सडक खण्डबाट ना.१ घ २८२३ नम्बरको ई–रिक्सामा सवार उनीहरुको साथमा लागुऔषध फेला परेको पर्साका एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए । आरोपीहरुको साथबाट निट्जाकेयर ट्याब्लेट ३०० वटा, डाइजेपाम १७ सय पिस, फेनारगन १७ सय पिस र नुर्फिन १७ सय पिसा बरामद गरेको छ ।
आरोपीहरुबिरुद्ध जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको एसपी बस्नेतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै