नवौं राष्ट्रिय खेलकुदको समापन समारोहका लागि देउवालाई निम्ता
बिहीबार, १३ असोज २०७९, ११ : ४१
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रधानमन्त्री शेरबहादुर देउवालाई गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद– २०७९ को समापन कार्यक्रमका लागि निमन्त्रणा पत्र प्रदान गरेको छ ।
राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री देउवालाई कात्तिक ३ गते पोखरा रंगशालामा हुने नवौं राष्ट्रिय खेलकुदको समापन कार्यक्रमको प्रमुख अतिथिका लागि निमन्त्रणा पत्र प्रदान गरेका हुन् ।
सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ पनि उपस्थिति थिए । त्यस अवसरमा मन्त्री गहतराज र सदस्य–सचिव घिसिङले प्रधानमन्त्री देउवालाई नवौं राष्ट्रिय खेलकुदको तयारीका बारेमा जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारी राजाको नेपाल भ्रमण : कूटनीतिक हिसाबले उपलब्धिमूलक, सम्झौताले खल्लो
-
बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान
-
भिड नियन्त्रणलाई थप व्यवस्थित गर्दै नेपाल प्रहरी, नौ महिनामा १ लाख १३ हजार ३८३ जनशक्ति परिचालन
-
श्रममन्त्रीले गराए एचआरडी कोरिया, इपीएस शाखा र कोरिया रिटर्नीबिच त्रिपक्षीय छलफल
-
कतारसँग नेपाललाई वार्षिक १३ अर्ब व्यापार घाटा
-
रोजगार मेलाबाट साढे २ सयले पाए रोजगारी