बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कैलालीमा माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु

बिहीबार, १३ असोज २०७९, १२ : १७
बिहीबार, १३ असोज २०७९

कैलालीकाे गौरीगंगा नगरपालिका–४ राजीपुर बस्ने ५२ वर्षीया जयकला खत्रीको माटोको ढिस्कोमा पुरिएर बुधबार साँझ मृत्यु भएको छ । 

सोही ठाउँ स्थित जनता आधारभूत विद्यालयको जमिनमा घर पोत्नको लागि माटो खन्ने क्रममा अचानक माटोको ढिस्को खसेर उनी पुरिएको प्रहरीले जनाएको छ । 

उनको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट राजीपुर र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप