मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

रुबिनाको कप्तानीमा नवौं राष्ट्रिय खेलकुदका लागि पुलिसको टोली घोषणा

बिहीबार, १३ असोज २०७९, १२ : ४६
बिहीबार, १३ असोज २०७९

रुबिना क्षेत्रीको कप्तानीमा नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि महिला टोली घोषणा गरेको छ । पुलिसले पहिलोपटक महिला टोली तयार पारेको हो ।  विभागीय टोलीमा महिला क्रिकेट टोली तयार पार्ने पुलिस दोस्रो टिम हो । पुलिस टोलीको प्रशिक्षकमा मन्जित श्रेष्ठ रहेका छन् ।

यसअघि घरेलु महिला क्रिकेटमा एपीएफले राज गर्दै आएको थियो । नवौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेटमा पुलिसले स्वर्ण जितिसकेको छ ।

नेपाल टोली :
रुबिना क्षेत्री (कप्तान), काजल श्रेष्ठ (विकेट किपर), अप्सरी वेगम, सबनम राई, संगिता राई, हिरन्मई राय, कविता जोशी, रेवती धामी, ईश्वरी विष्ट, लक्ष्मी साउद, कविता कुँवर, सम्झना खड्का, मनिषा उपाध्याय र शोभा रोकाया

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप