बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल बैंक र गोरखापत्र संस्थानबीच सम्झौता

बिहीबार, १३ असोज २०७९, १४ : ०२
बिहीबार, १३ असोज २०७९

नेपाल बैंक लिमिटेड र गोरखापत्र संस्थानबीच बैंकिङ्ग कारोबार लगायतका विषयमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । बुधबार नेपाल बैंक लिमिटेड प्रधान कार्यालयमा आयोजित एक समारोहमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी  र गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु प्रसाद सुवेदीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । 

उक्त सम्झौता अनुसार दुवै संस्थाबीच सेवाग्राही कर्जा, तलब खाता खोल्ने, प्रतितपत्र, निक्षेप लगायत अन्य बैंकिङ्ग कारोबार, विज्ञापन तथा सूचना प्रकाशनसम्बन्धी विषयमा सहकार्य हुनेछ । उक्त समारोहमा नेपाल बैंक लि. र गोरखापत्र संस्थानका उच्च व्यवस्थापनका पदाधिकारीहरू लगायत अन्य कर्मचारीहरूको पनि  उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप