शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

फ्लोर क्रस गरेर मन्त्री बनेका समाजवादीका नेता नन्दसिंह बुढा पुनः एमालेमा फर्किए

बिहीबार, १३ असोज २०७९, १४ : ५१
बिहीबार, १३ असोज २०७९

नेकपा एकीकृत समाजवादीका डोल्पा जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य नन्दसिंह बुढा पुनः एमालेमा फर्किएका छन् ।  आज एमाले महासचिव शङ्कर पोखरेलले उनलाई स्वागत गरेका हुन् । बुढा तिनै नेता हुन्, जसले कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गरेर निकै चर्चामा आएका थिए ।

डोल्पाबाट निर्वाचित उनी मन्त्री बन्नकै लागि ‘फ्लोर क्रस’ गरेर लामो समयसम्म उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी निर्वाह गरेका थिए । रातोपाटीसँग कुरा गर्दै उनले आफु पुरानै घरमा फर्किएको बताए ।  उनले भने,‘ विगतका केही कमीकमजोरी भएका कारण विद्रोह गरेका थियौं। तर लामो समयसम्म एमालेमै संघर्ष गरेको र यही पार्टीमा आफ्नो भविष्य सम्झेर एमालेमै फर्किने निर्णय गरेको हुँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप