बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

महानगर यातायातको थप १० वटा टाटा अल्ट्रा बस सञ्चालनमा

बिहीबार, १३ असोज २०७९, १५ : २९
बिहीबार, १३ असोज २०७९

काठमाडौं उपत्यकाको चक्रपथ परिक्रमामा निरन्तर सेवा दिँदै आएको महानगर यातायातले बस सेवा थप गरेको छ ।  संस्थाले ३९ थान बसमार्फत सेवा प्रदान गर्दै आएकोमा घटस्थापनाको अवसर पारेर थप १० थान टाटा एलपीओ ८.५ अल्ट्रा बस थपी संचालनमा ल्याउने भएको छ ।

सिप्रदी ट्रेडिङ्गका प्रमुख प्रबन्धक कृष्ण चन्दले टाटा मोटर्सद्वारा उत्पादित यस बसमा १४० हर्ष पावरको शक्तिशाली इन्जिन रहेको छ । हाइ व्याक सिट, मिडल डोर तथा पराबोलिक लिफ स्प्रिंग सस्पेन्सन रहेको गाडीले आरामदायी यात्रा सुनिश्चित गर्ने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप