शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इसेवाले ल्यायो उपहार योजना, हरेक दिन उपहार जित्न सकिने

बिहीबार, १३ असोज २०७९, १५ : ३८
बिहीबार, १३ असोज २०७९

इसेवाले नेपालीहरूको चाड दशैँको उपलक्ष्यमा ‘दशैँको उमङ्ग, डिजिटल सपिङ्गसँग’ उपहार योजना सार्वजनिक गरेको छ । दशैँको बेला आम मानिसलाई अनलाइनबाट कारोबार गर्न सहज होस् भन्ने उद्देश्यले दशैँको अवसर पारेर यस्तो योजना सार्वजनिक गरेको इसेवाले जनाएको छ ।

 यो योजना असोज १० गतेदेखि असोज २४ गतेसम्म सञ्चालन हुनेछ । यस योजना अन्तर्गत इसेवा एपमा रहेको रु एक स्किममा भाग लिइ विभिन्न आकर्षक उपहार प्राप्त गर्न सकिन्छ । इसेवा दशैँ स्पेशलमा गइ रु १ मा भाग लिँदा एक जना भाग्यशाली विजेताले काठमाडौंदेखि नयाँ दिल्ली सम्मको हवाइ टिकट प्राप्त गर्न सक्नेछन् ।

यसैगरी रु १ मै दुईजना भाग्यशाली विजेताले रियलमी नाइन आई फाइभ जी मोबाईल प्राप्त गर्न सक्नेछन् भने २० जनाले इसेवाको प्रिभिलेज हेल्थ इन्स्योरेन्स् प्याकेज प्राप्त गर्न सक्नेछन् । रु १ अफरमा सहभागी भइ विजेता बन्न नसकेका व्यक्तिहरुको एक रुपैयाँ फिर्ता हुनेछ । 

यसैगरी प्रयोगकर्ताले इसेवामा दशैँ अफर सेग्मेन्टमा गइ विशेष छुटमा टप ब्राण्डहरु सिजि, आइएनए सेन्टर, आइटिटिआइ लगायतका ब्राण्डका मनपर्ने वस्तुहरु खरिद गर्न सकिन्छ । विशेष छुटमा रेफ्रिजेरेटर, ल्यापटप, वाशिङ्ग मेसिन, माइक्रोवेभ, इलेक्ट्रिक गिजर, हिटर, भ्याकुम क्लिनर, परफ्युम लगायत विभिन्न वस्तुहरु खरिद गरी मौकाको फाइदा उठाउन सकिनेछ । 

यसका साथै अफर अवधिभर अन्तराष्ट्रिय गन्तव्यको टिकट काट्दा एकजनाले काठमाडौ कतारको राउण्ड ट्रिप टिकट प्राप्त गर्न सक्नेछन् । यसैगरी इन्टरनेटको बिल तिर्ने प्रयोगकर्तामध्ये हरेक दिन एकजनाले शतप्रतिशत क्यासब्याक प्राप्त गर्नेछन् । यस्तै दराज डिस्काउन्ट भौचरमार्फत रु एकसय देखि एक हजार एकसयसम्मको खरिद गर्दा २५० रिवार्ड पोइन्ट, दुईसय देखि २१ सय सम्म ५ सय, ५ सय देखि ५१ सय सम्मको खरिदमा १२५० रिवार्डपोइन्ट पाउन सकिनेछ  ।

यस अफर अन्तर्गत इसेवा मार्फत क्यूआर गर्दा गोकर्ण रिसोर्टमा ५ प्रतिशत,क्लव हिमालयमा १० प्रतिशत, हाम्रो श्रृंगारमा ५ प्रतिशत, टिएस आरमाोराईमा २० प्रतिशत छुट प्राप्त गर्न सकिनेछ ।  इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५५ लाख र आइओस् मोबाईलमा करिब १० लाख गरि ६५ लाख बढि ग्राहकलाई एप्स्मार्फत सेवा प्रदान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप