शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

देशभर १०७७ जना सक्रिय संक्रमित, पछिल्लो २४ घण्टामा ४५ जनामा कोरोना पुष्टि

बिहीबार, १३ असोज २०७९, १६ : ३२
बिहीबार, १३ असोज २०७९

हाल देशभर कोरोनाभाइरसका सक्रिय संक्रमित १०७७ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमण निको हुनेको संख्या ७० जना थपिएपछि सक्रिय संक्रमितको संख्या १ हजार ७७ मा सीमित भएको हो । 

सोही अवधिमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार २ हजार ६७८ जनामा गरिएको परीक्षणका क्रममा ४५ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा संक्रमणबाट मृत्युदर शून्य रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप