शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गंगालाल हृदयरोग केन्द्रमा एक वर्षमा १३ सय ७७ जनाको मुटुको शल्यक्रिया

बिहीबार, १३ असोज २०७९, १६ : ३८
बिहीबार, १३ असोज २०७९

शहीद गंगालाल हृदयरोग केन्द्रमा एक वर्षको अवधिमा १३ भन्दा बढीको मुटुका शल्यक्रिया भएको छ । बिहीबार अस्पतालमा आयोजित कार्यक्रममा कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले १ हजार ३ सय ७७ जनाको मुटुको शल्यक्रिया गरिएको जानकारी दिए । 

यस्तै, शल्यक्रिया नगरिकनै ४ वटा मुटुका भल्भ प्रत्यारोपण गरिएको डा. अधिकारीले बताए । यस्तै, अस्पतालमा कोरनरी एन्जियोग्राम ४ हजार ६०७ जनाले गराएका छन् भने कोरनरी एन्जीओप्लाष्टी २ हजार ३३ जनाले गराएको छन् । 

डा. अधिकारीका अनुसार आईभीयुएस २३, पिटीएमसी २ सय ४२, इपिएसरआरएफए २६५, एएसडी डिभाइस क्लोजर २५१, पिडिए डिभाइस क्लोजर १०२, भिएसडी डिभाइस क्लोजर २३ र पेशमेकर ५२५ प्रत्यारोपण गरिएको छ । यस्तै,  इलेक्ट्रोकार्डियोग्राम ८७ हजार ६ सय ४७ र इकोकार्डियोग्राम ५१ हजार ८ सय ३६ जनाले गराएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप