शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मेगा क्यापिटलका ५ वर्षः समकालिनबीच अब्बल, २४.५ प्रतिशत प्रतिफल

बिहीबार, १३ असोज २०७९, १६ : ४३
बिहीबार, १३ असोज २०७९

काठमाडौं । मेगा क्यापिटल मार्केट्सले ५ वर्ष पूरा गरी पाँचौ वार्षिक साधारणसभा गर्ने तयारीमा जुटेको छ । मेगा क्यापिटलले हाल सञ्चालनमा भएका ३० ओटा मर्चेन्ट बैंकहरुमध्ये आफ्ना समकालीन मर्चेन्ट बैंकहरुलाई पछि पार्दै तीब्र गतिमा अगाडी बढेको बताएको छ । 

कम्पनीका अनुसार गत आर्थिक वर्षमा मेगा क्यापिटलले २४.५ प्रतिशत वितरणयोग्य नाफा गरेको छ । कम्पनीले हालसम्म करिब १ लाख ८० हजार डिम्याट खाता खोलेको र लगानी व्यवस्थापन सेवामा ३५८ जना सेवाग्राहीबाट करिब ६८ करोड रुपैयाँको पोटफोलियो व्यवस्थापन गर्दै आएको जानकारी दिएको छ । ‘संस्थागत परामर्शदाता (कर्पाेरेट एड्भाइजरी) सेवाको रुपमा सेवाग्राही तथा आवद्ध लगानीकर्तालाई वित्तीय समस्या हल गर्न परिणाममूलक सेवा दिँदै मर्चेन्ट बैंकिङ्ग क्षेत्रमा नँया आयाम थपेका छौं,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, नयाँ कामको रुपमा कुनै पनि कम्पनीको प्रमोटर सेयर खरिद बिक्री गर्ने इच्छा भएकालाई सहजीकरणको कार्य पनि उपलब्ध गराइएको कम्पनीले जानकारी दिएको छ । क्यापिटलले विभिन्न कम्पनीहरूसँग आईपीओ जारी गर्ने र अन्डरराइटिङ सम्झौता पनि गर्ने गरेको छ । अत्याधुनिक प्रणालीको व्यवसायिक उपभोग गर्ने रणनीति अनुरुप संस्थाले डिम्याट खाता, मेरो सेयर खाता खोल्ने, नवीकरण गर्ने र लगानी व्यवस्थापन सेवा समेत अनलाइन मार्फत गर्न सकिने व्यवस्था मिलाएको छ ।

क्यापिटलले प्रदान गर्ने सेवाहरुलाई छिटो छरितो बनाई ग्राहकको आवश्यकता र चाहना अनुसार सेवा उपलब्ध गराउने मुख्य उद्देश्य साथ काठमाण्डौं उपत्यका बाहिर पोखरा, बुटवल र विराटनगरबाट समेत भौतिक संरचनाबाट पनि सेवा दिने योजना रहेको क्यापिटलले जानकारी दिएको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सविर बादे श्रेष्ठले सम्हालिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप