शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दैलेखमा एकैदिन ४३ सवारी साधन कारवाहीमा

बिहीबार, १३ असोज २०७९, १६ : ४८
बिहीबार, १३ असोज २०७९

दसैंको बेलामा यात्रुलाई सुरक्षित यात्रा गराउने उद्देश्यले जिल्ला प्रहरी कार्यलयले सवारीसाधन जाँचलाई कडाइ गरेको छ । आज एक सय १० सवारीसाधनमा जाँच गर्दा नियमविपरीत भेटिएका ४३ सवारीसाधन कारबाहीमा परेका हुन् ।
दसैंका बेलामा सवारी दुर्घटना न्यूनीकरण अभियानअन्तर्गत सवारी चालकहरूलाई  यात्रुलाई अनावश्यक हैरानी नदिन, तोकिएको भाडादर भन्दा बढी भाडा नलिन, चालक, सहचालक र यात्रुलाई समेत प्रहरी टोलीले सतर्क गराएको छ ।
प्रहरी प्रमुखसहित आठ जनाको टोलीले जिल्लाका विभिन्न स्थानमा जाँच गरेको थियो भने माथिल्लो डुङ्गेश्वर, तल्लो डुङ्गेश्वर, दैलेख, सुर्खेत सडकखण्डको जिरो प्वाइन्ट दुल्लु, राकम कर्णाली राजमार्ग, रानीमत्ता, पाल्तडाका बिभिन्न मातहतका प्रहरी चौकीमार्फत जिल्लाभर सवारी जाँच गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद शाहले बताए ।

 यस्तै दसैँ नजिकिएसँगै देश–विदेशबाट जिल्ला फर्कने क्रम बढिरहेको छ । दैलेख जिल्लाको समग्र लगेको छ। जिल्लाको आठबिस नगरपालिका, गुराँस, प्रहरी चौकी तल्लो डङ्गेश्वर, प्रहरी चौकी बेस्तडा नारायण नगरपालिकालगायत १० स्थानमा यात्रु सहायता केन्द्र स्थापना गरिएको छ ।  

यात्रुहरूका समस्या समाधानसँगै चाडबाडका बेलामा आइपर्ने अन्य समस्या समाधानका लागि यात्रु कक्ष स्थापना गरिएको  प्रहरीले जनाएको  छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप