शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नापी नक्सा लिन अब नापी कार्यालय धाउनु नपर्ने, यसरी लिन सकिन्छ

बिहीबार, १३ असोज २०७९, १७ : ०८
बिहीबार, १३ असोज २०७९

बैंक तथा वित्तीय संस्थाहरुले एमोनिया नक्सा सिट वा कम्प्युटर प्रिन्ट नक्सा लिनको लागि नापी कार्यालय धाउनु नपर्ने भएको छ । नापी कार्यालयले डिजिटल प्रणाली मार्फत जग्गाको नापनक्सा तथा जगगा प्रशासन सम्बन्धी सेवा प्रवाह निर्देशिका कार्यान्वयनमा ल्याएपछि यस्तो सम्भव भएको हो ।

बैंक तथा वित्तीय संस्थाहरुले कर्जा दिदाँ धितोको रुपमा घर तथा जग्गालाई प्राथमिकता दिने र यसरी धितो राख्नको लागि नक्सा आवश्यक पर्ने हुँदा नापी कार्यालय धाउनु पर्ने वाध्यता थियो । तर, अब भने यस्तो वाध्यता हटेकोले डिजिटल रुपमै नक्सा लिन सकिने व्यवस्था मिलाइएको छ । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नापी विभागबाट हालै संचालनमा ल्याइएको  अनलाइन प्रविधिमा आधारित मेरो कित्ता प्रणाली मार्फत सेवा लिन सकिने व्यवस्था मिलाइएको जानकारी दिएको छ । यस्तो व्यवस्था मिलाइएकोले बैंक तथा वित्तीय संस्थाहरुलाई अबदेखि नापी कार्यालय नधाउन जानकारी गराउन पनि मन्त्रालयले नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ ।

‘कुनै वित्तीय संस्थाबाट जग्गाको पूर्व विवरण सहितको आधिकारिक पत्रसाथ आधिकारिक व्यक्ति नापी कार्यालयमा उपस्थित भई नियमानुसार, राजस्व बुझाई नापी कार्यालयबाट एमोनिया नक्सा सिट वा कम्प्युटर प्रिन्ट नक्सा उपलब्ध गराउँदै आएकोमा यस मन्त्रालय अन्तरगत नापी विभागबाट हालै संचालनमा ल्याइएको अनलाइन प्रविधिमा आधारित मेरो कित्ता प्रणाली मार्फत सेवा लिन सक्ने व्यवस्था मिलाइएको छ,’ मन्त्रालयले राष्ट्र बैंकलाई लेखेको पत्रमा उल्लेख छ । 

मन्त्रालयका अनुसार निर्देशिकाको अनुसूची ४ बमोजिमको ढाचामा निवेदन अपलोड गरी अनलाइन प्रणाली मार्फत कित्ता नापी नक्सा, फिल्डबुक, प्लट रजिष्टार प्रिन्ट तथा राजस्व भुक्तानी लगायतका सेवाहरु नापी कार्यालयमा उपस्थित नभइ प्राप्त गर्न सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप