मंगलदीप पूजा अगरबत्तीका दसैँ तिहार लक्षित आकर्षक प्याक बजारमा

person explore access_timeअसोज १३, २०७९ chat_bubble_outline0

 सूर्य नेपालले हरेक वर्षझैँ यस वर्ष पनि नेपालीहरुको महान चाड दसैँ, तिहार तथा छठलाई लक्षित गरेर मंगलदीप पूजा अगरबत्तीको विभिन्न ‘फेष्टिभ प्याकहरू’ सार्वजनिक गरेको छ।  चाडपर्वमा अत्यधिक मात्रामा पूजा अगरबत्तीको माग हुने हुने भएकाले यी फेष्टिभ प्याकहरू बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।


 फेष्टिभ प्याक अन्तर्गत चम्पा, त्रिसारा र आकर्षक षट्कोण आकारको बक्समा ३ इन १ प्याक बजारमा उपलब्ध रहेका छन् । साथै साविक भन्दा धेरै काँटी तथा बट्टाहरू संग्रह सहितको अर्पण, त्रेया, जस्मिन, लाभेण्डर, चन्दनसहितको २ इन १ अगरबत्ती प्याकहरू पनि बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । 



यी सबै उत्पादनहरू देशभरिका डिपार्टमेन्ट स्टोर तथा मंगलदीप पाइने सम्पूर्ण खुद्रा तथा होलसेल पसलहरुमा उपलब्ध रहने जनाइएको छ । चाडपर्व लक्षित फेस्टिभ प्याक सीमित अवधिका लागि मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ । 



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।