बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

यू–१७ राष्ट्रिय टोली घोषणा

बिहीबार, १३ असोज २०७९, १७ : ४२
बिहीबार, १३ असोज २०७९

मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले २०२३ एएफसी यू–१७ एसियन कप छनोटका लागि बिहीबार २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका छन् ।  सेप्टेम्बर २०२२ मा साफ यू–१७ च्याम्पियनसिप पछि, सेप्टेम्बर १६ मा बन्द शिविरमा ३० खेलाडीलाई आमन्त्रित गरिएको थियो। नेपाल साफ यू–१७ च्याम्पियनसिप २०२२ को फाइनलमा भारतसँग ४–० ले पराजित हुँदै उपविजेता बनेको थियो ।  सन् २०२३ मा हुने एएफसी यू–१७ एसियन कप छनोट खेल्नका लागि टोली आइतबार प्रस्थान गर्नेछ । 
अन्तिम टोली : 
गोलकिपरः समिर चन्द, रुबिन भोगती, कृषल मोक्तान

डिफेन्डरः मदन पौडेल, युनिश मगर, दीपक थापा मगर, निशान्त तामाङ, विक्रम तामाङ, सेमन्त थापा, अश्विन घोरासैनी, धीरज विश्वकर्मा, राम थापा 
मिडफिल्डरः हरिशराज भट्ट, प्रशान्त लक्ष्म, विनोद केसी, श्रीयांस मानन्धर, निरज कार्की, सरोज दारलामी, उनिश बुढाथोकी, लच्छु थापा, धनसिंह विक 
फरवार्ड : सुवास बम, सिजल राई

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप