बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

क्यूएफएक्सलाई मुभी कोड लिएर मात्र बुकिङ खोल्न बोर्डको निर्देशन

बिहीबार, १३ असोज २०७९, १८ : ०४
बिहीबार, १३ असोज २०७९

चलचित्र विकास बोर्डले नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सलाई मुभी कोड लिएर मात्र फिल्मको बुकिङ खोल्न निर्देशन गरेको छ ।  क्युएफएक्सले हिन्दी फिल्म ‘विक्रम विधा’ को अग्रिम टिकट बुकिङ विकास बोर्डको कोड बिना खुलाएको प्रति आपत्ति जनाउँदै बोर्डले निर्देशन गरेको हो ।

 बोर्डका अध्यक्ष भुवन केसीले क्यूएफएक्सलाई पत्र काट्दै मुभी कोड र डिस्ट्रीब्युसन कोड नराखी फिल्मको शो र टिकट बुकिङ नखोल्न भनेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप