बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नि:शुल्क वितरणका लागि पारासिटामोल दिइयो (सूचीसहित)

बिहीबार, १३ असोज २०७९, १८ : ४०
बिहीबार, १३ असोज २०७९

डेंगी संक्रमणको विध्यमान अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पारासिटामोल औषधि आपूर्ति व्यवस्था सहज बनाएको जानकारी दिएकाे छ । सह-प्रवक्ता डा. समिरकुमारी अधिकारीका अनुसार मन्त्रालयले विभिन्न निकायहरूलाई नि:शुल्क वितरणका लागि औषधि उपलब्ध गराएको छ। 

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'विभिन्न औषधि तथा भण्डारण केन्द्रहरूमा औषधि भण्डारण गरि राखिएको र आवश्यकता अनुसार आपूर्तिको व्यवस्था मिलाइएको छ। त्यस्तै सम्पूर्ण निजी स्वास्थ्य संस्था, फार्मेसी, औषधि उद्योगलाई यसको उत्पादन तथा आपूर्ति व्यवस्था सहज बनाउन सहजीकरण भइरहेको छ ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप