शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अवसर पाउँदा ठिक नपाए बेठीक ? : नेपाल

बिहीबार, १३ असोज २०७९, १८ : ५७
बिहीबार, १३ असोज २०७९

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिमा भ्रष्टाचारी प्रवृत्ति बढेकाले नेताहरूले विश्वास गुमाउँदै गइरहेका बताएका छन् बिहीबार अखिल नेपाल महिला संघ (समाजवादी) ले दसैँ, तिहार लगायतका चाडपर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले राजनीतिमा भ्रष्टाचारी प्रवृत्ति व्याप्त रहेको बताउँदै जसले गर्दा नेताहरूले विश्वास गुमाउँदै गइरहेका बताएका हुन्। 

उनले भने – ‘यो कम्युनिस्ट पार्टीलाई व्यवस्थित रूपमा अगाडी बढाएर लिएर जाने जिम्मेवारी हामीले बोक्नुपर्दछ । र हामीले सोचिरहेका छौँ कि, कसरी यो देशको सिङ्गो कम्युनिस्ट आन्दोलनलाई जोगाउन सकियोस् । बलियो बनाउन सकियोस् । असल कार्यकर्ताहरू तयार गर्न सकियोस् । समाजका परिवर्तनका बाहकहरूलाई, इमानदार मानिसहरूलाई, स्वच्छ छवि भएका व्यक्तिहरूलाई अगाडी बढाउन सकियोस् । किनभने हामी नै सबै हिसाबले अगुवा हुन सकेनौँ भने हामीले बोलेको कुराको कुनै अर्थ हुँदैन । अहिले पनि समाजमा, राजनीतिमा चरम भ्रष्टाचारी प्रवृत्ति व्याप्त छ । यो भ्रष्टाचारको प्रवृत्तिले गर्दा नेताहरूले विश्वास गुमाउँदै गइरहेका छन् । त्यो विश्वास गुमिरहेको कुराले हामीलाई चिन्तित बनाएको छ । त्यसैले हामी अरूजस्ता होइनौँ भनेर हामीले देखाउन सक्नुपर्छ । जब हामी आफै व्यवहारबाट, उदाहरणबाट आफूलाई उत्कृष्ट साबित गर्छौँ, अनि बल्ल अरूको विश्वास जित्न सक्छौँ ।’

उनले मानिसहरूमा आफूले पटक–पटक अवसर पाउँदा ठिक ठान्ने र अरूले एक पटक अवसर पाउँदा पनि त्यसलाई सकारात्मक रूपमा नलिने प्रवृत्ति बढेको बताए । आफूले पाएको छैन भने अनुहार अँध्यारो हुने र पाएको छ भने छोइनसक्नु हुने भन्दै उनले टिप्पणी गरे । - न्युज एजेन्सी नेपाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप