शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

देशको अवस्था भयावह छः ओली

बिहीबार, १३ असोज २०७९, १९ : २७
बिहीबार, १३ असोज २०७९

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्था भयावह रहेको बताएका छन् । बिहीवार निजी निवास बालकोटमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । 
अध्यक्ष ओलीले देशको अवस्था देखेर आम नागरिकहरु दिक्क भएको बताए । उनले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचन देश विकासको निर्णायक निर्वाचन भएकाले नेकपा एमालेलाई जिताउनुको विकल्प नरहेको बताए ।

उनले सरकार गठन गर्नेदखि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, प्रधानमन्त्री गठन गर्नेकुरा निर्वाचनले तय गर्ने भएकाले देशको विकास गर्ने पार्टीलाई छानेर मतदान गर्न आह्वान गरे । 
अध्यक्ष ओलीले देश बनाउने कुरामा शक्ति सन्तुलनको अवस्थालाई जनताको विकासको पक्षमा पार्न, राष्ट्रियता, शान्ति सुव्यवस्थाको पक्षमा पार्न र विकासको गतिलाई अघि बढाउन नेकपा एमाले बाहेक अन्य कुनै राजनीतिक शक्ति नरहेको जिकिर गरे । 

अध्यक्ष ओलीले भने, ‘जनता वास्तवमा देशको जस्तो हालत र जसरी देश अघि जाँदै छ, यस्तो अवस्थाबाट दिक्क छन्, त्रसित पनि छन् । यो देश कहाँ पुग्ने हो ? एउटा भयावह स्थिति छ । यस्तो स्थितिमा मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन आइरहेको छ । यो निर्वाचनले एकातिर देशमा सरकार गठन गर्नेकुरा, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन गर्नेकुरा सभामुखदेखि लिएर अन्य पदाधिकारीको निर्वाचन गर्नेकुरा, सरकार गठन भनेपछि प्रधानमन्त्रीदेखि लिएर सरकार गठन गर्नेकुरा, प्रदेश सरकार गठन गर्नेकुरा र भोलि गएर आवधिक निर्वाचन गर्नेकुरा छ । यसले विभिन्न ठाउँमा महत्व स्थापना गर्नेछ । देश बनाउने कुरामा शक्ति सन्तुलनको अवस्थालाई जनताको, विकासको पक्षमा पार्न र राष्ट्रियता, शान्ति सुव्यवस्थाको पक्षमा पार्न, विकासको गतिलाई अघि बढाउन नेकपा एमाले बाहेक अरुलाई सक्दैन । त्यसकारण आज देश एमालेमय बन्द गएको छ, पार्टी प्रवेशको लहर बढ्द गएको छ । यस लहरलाई तिब्र गतिमा अघि बढाउनुपरेको छ ।’
अध्यक्ष ओलीले अहिले गठबन्धनबाट त्रस्त भएर नेता, कार्यकर्ताहरु एमाले प्रवेश गर्ने लहर चलेको भन्दै देश एमालेमय बनेको दाबी गरे । न्युज एजेन्सी नेपाल 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप