बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दोस्रो पतिसँग पनि सम्बन्ध विच्छेद गर्दै म्याकेन्जी स्कट

बिहीबार, १३ असोज २०७९, २० : ५८
बिहीबार, १३ असोज २०७९

अर्बपति परोपकारी म्याकेन्जी स्कट र उनका पति पूर्व विज्ञान शिक्षक ड्यान जेवेट छुट्टिने भएका छन् ।  स्कटले सोमबार वाशिंगटन राज्यको किंग काउन्टी सुपीरियर कोर्टमा सम्बन्ध विच्छेदको लागि निवेदन दायर गरेकी छन् ।  चार वर्षअघि स्कटले लामो समयदेखिका श्रीमान अमेजनका संस्थापक जेफ बेजोससँग सम्बन्ध विच्छेद गरेपछि आफ्ना छोराछोरी पढ्ने प्रतिष्ठित विद्यालयका एक प्रशिक्षकसँग विवाह गरेकी थिइन् । 

अदालतको अभिलेखमा जेवेटले सम्बन्ध विच्छेदको विरोध नगरेको देखाएको छ । निवेदनमा सम्पत्ति दुई बीच पहिले भएको सम्झौता अनुरुप हुने भनिएको छ तथापि सो सम्झौता भने सार्वजनिक गरिएको छैन ।  विश्वका सबैभन्दा धनी व्यक्ति बेजोससँग सम्बन्धविच्छेद पछि स्कटको जेवेटसँगको विवाहले धेरैको ध्यान तानेको थियो । 

पेसाले उपन्यासकार रहेकी स्कटले अमेजनमा रहेको उनको बायोबाट जेवेटको नाम हटाएकी छन् ।  स्कटले बेजोससँग सम्बन्ध विच्छेदपछि पाउनुपर्ने रकमलाई मनकारी रुपमा वितरण गरेर धेरैको ध्यान तानेकी थिइन् । संसारमा विरलै देखिने गतिमा परोपकारकर्ममा पैसा खर्चिएकी स्कटले यस कामको लागि सल्लाहकारहरूको टोली गठन गरेकी थिइन् । 

उनले सुरुमा मौन रुपमा परोपकार क्षेत्रमा काम गर्ने गैर–नाफामुखी समूहहरूलाई करोडौं डलर चन्दा दिन थालेको काम पछि विश्वभर चर्चाको विषय बनेको थियो । तीन वर्षभित्र उनले १२ अर्ब डलरभन्दा बढी परोपकारमा खर्च गरेको बताइन्छ । 

सम्बन्धविच्छेद गर्दा अमेजनको शेयर स्वरुप पाएको ६२ बिलियन डलरमा उनले परोपकारमा गरेको खर्च तथा शेयर बजारमा आएको गिरावटले उनको सम्पति २७.८ अर्ब डलर पुगेको छ । स्कटसँग विवाह गर्नुअघि जेवेट बेजोसका बच्चा पढ्ने लेकसाइड स्कूलमा पढाउँथे । सम्बन्ध विच्छेदका अनुसार, दम्पतीले २०२१ मा क्यालिफोर्नियामा विवाह गरेका थिए । 

उनीहरूको विवाहको खबरले जेवेटका साथी तथा सहकर्मीसमेत अचम्ममा पारेका थिए । विवाहपछि सिर्जित मिडिया कभरेजको आँधीले गर्दा जेवेटले आफ्नो उपस्थितिले विद्यालयलाई असर गरेको भन्दै विद्यालय छाडेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप